Toggle Menu

गतिविधिहरू

APF Activities
समाहीक जन्मोत्सव कार्यक्रम

मिति 2081।04।31 गते यस तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्‍ठ उपरीक्षक राजेन्द्र खड्‍काको प्रमुख आतिथ्यतामा शिक्षालयमा कार्यरत,  तथा तालिमरत सशस्त्र प्रहरी कर्मचारीहरुको हौसला र सामूहिक भावना अभिवृद्बि गर्ने उद्देश्य अनुरुप श्रावण महिना भरी जन्मोत्सव परेका 21 जना सशस्त्र प्रहरी कर्मचारीहरुको सामूहिक जन्मदिन विभिन्‍न मनोरञ्‍जनात्मक साँस्कृतिक कार्यक्रमहरु गरी सम्पन भएको छ । उक्त जन्मोत्सव कार्यक्रमको अवसरमा शिक्षालयमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरु मध्येबाट श्रावण महिनामा उत्कृष्‍ट कार्य गरेका  सशस्त्र प्रहरी हवल्दार रामेश्‍वर महतलाई Soldier Of the Month घोषणा गरी प्रशंसा पत्र तथा नगद पुरस्कार प्रदान गरिएको छ ।

     साथै  मिति 2081।04।12 गते परेको अविरल वर्षाको कारण जिल्ला दोलखा कालिन्चोक गाउँपालिका वडा नं. 6 स्थायी घर भई यस तालिम शिक्षालयमा कार्यरत सशस्त्र प्रहरी जवान सुवास थामीको पहिरोले घर तथा पशु चौपायको क्षति भई  निजको परिवारजन आफन्तको घरमा स्थानान्तरण भई बसोबास गरिरहेको हुँदा यस तालिम शिक्षालयमा कार्यरत तथा तालिमरत सशस्त्र प्रहरी कर्मचारीहरुले सहयोग स्वरुप स्व-ईच्छुक रुपमा नगद रु. 67,830/- (सत्सट्ठी हजार आठ सय तिस मात्र) संकलन गरी  तालिम शिक्षालयका समादेशकद्बारा निजलाई हस्तान्तरण समेत गर्नुभएको थियो ।

2081-5-4
APF Activities
संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक श्रद्बेय श्रीमान् राजु अर्यालज्यूको तालिम शिक्षालयमा निरीक्षण भ्रमण
सशस्त्र प्रहरी बल, नेपालका विभिन्‍न स्थायी तथा अस्थायी कार्यालयहरुको निरीक्षण तथा भ्रमण गर्ने क्रममा मिति 2081।05।28 गते संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक श्रद्बेय श्रीमान् राजु अर्यालज्यू सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालयमा पाल्नु भई यस तालिम शिक्षालयको सम्पूर्ण पेरिमिटर, मेश, कार्यालय तथा लाईन ब्यारेकको निरीक्षण गरी शिक्षालयमा कार्यरत तथा तालिमरत सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको व्यक्तिगत र पेशागत गुनासो बारे सोधपुछ गर्नुका साथै निर्देशन सम्बोधन दिनु भई मिति 2081।05।29 गते काठमाण्डौं तर्फ फर्कनु भएको थियो ।
2081-5-31
APF Activities
तीज विशेष तथा सामूहीक जन्मोत्सव कार्यक्रम

           मिति 2081।05।19 गते सशस्त्र प्रहरी बल, नेपाल यू.एन.शान्ति स्थापना तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्‍ठ उपरीक्षक राजेन्द्र खड्‍काको प्रमुख आतिथ्यतामा हिन्दु महिलाहरुको महान् पर्व तीज तथा भाद्र महिना भरी जन्मोत्सव परेका यस तालिम शिक्षालयमा कार्यरत तथा तालिमरत सशस्त्र प्रहरी कर्मचारीहरु र काठमाडौं महानगरपालिकाका नगर प्रहरी जवानहरुको सामूहिक जन्मोत्सव कार्यक्रम विविध सांस्कृतिक तथा मनोरोञ्‍जनात्मक खेलकुद कार्यक्रमहरुको बिच सम्पन्‍न भएको भएको छ ।

         ककनी गाउँपालिकाका उपाध्यक्ष श्रीमती मिठ्ठु माया तामाङ्ग विशेष  आतिथि, ककनी गाउँपालिकाका कार्यपालिकाका सदस्यहरु तथा कर्मचारीहरु, स्थानीय भद्रभलादमी लगायत कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको परिवारजनहरुको सहभागीता रहेको उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि र विशेष अतिथिबाट तीज तथा सामूहीक जन्मोत्सवको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको र सोही अवसरमा भाद्र महिनामा उत्कृष्‍ट कार्य गरेका सशस्त्र प्रहरी बल, नेपाल नं. 17 गण हे.क्वा. चितवन दरबन्दी भई यस तालिम शिक्षालयमा कार्यरत आई.डि.नं. 50052 का सशस्त्र प्रहरी सहायक हवल्दार दिपक थापालाई Soldier Of the Month घोषणा गरी प्रशंसा पत्र तथा नगद पुरस्कार प्रदान गरिएको साथै कार्यक्रमका विशेष अतिथिबाट उपस्थित सम्पूर्ण महिलाहरुलाई सौभाग्यको सामाग्रीहरु वितरण समेत गरिएको थियो ।

2081-5-20
APF Activities
हेली दुर्घटनामा परिचालन

मिति 2081।04।23 गते अ. 14:20 बजेको समयमा नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नं. 7 स्थित सूर्यचौर नजिकैको जंगलमा 1 जना नेपाली चालक र ४ जना चिनियाँ नागरिक सवार AIR DYNASTY को 9N-AJD रजिस्ट्रेसनको हेलीकप्टर त्रिभुवन विमानस्थलबाट स्याफ्रुबेसी, रसुवा उडानको क्रममा  दुर्घटना भएको जानकारी प्राप्त भए पश्‍चात यस तालिम शिक्षालयबाट  सशस्त्र प्रहरी निरीक्षक नविन खतिवडाको कमाण्डमा 1/10 जनाको टोलीले प्रहरी चौकी गुर्जे भञ्‍याङ्ग, नेपाली सेनाको राष्‍ट्रिय निकुञ्‍ज सुरक्षा पोष्‍ट गुर्जे भञ्‍याङ्ग, सशस्त्र प्रहरी बल, नेपाल नं. 19 गण हे.क्वा. (वि.का.) बगलामुखीका गणपति सशस्त्र प्रहरी उपरीक्षक समिक कुमार महर्जन, नं. 19 गुल्म हे.क्वा. नुवाकोटका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक रामचन्द्र खिउजु, औद्योगिक सुरक्षा वेश बालाजुका वेश प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक पदम खड्‍का, नेपाली सेना शिवपुरी नागार्जुन राष्‍ट्रिय निकुञ्‍ज लिपिकोट ब्यारेक काठमाण्डौका प्रमुख सेनानी भिष्म के.सी. तथा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र प्रहरी बृत्त बुढानिलकण्ठ, काठमाण्डौका प्रहरी निरीक्षकको कमाण्डमा खटी आएको संयुक्त टोलीले घटनास्थलबाट सम्पूर्ण मृतकहरुको शव संकलन तथा उद्बार गरी पोष्‍ट मार्टमको लागि काठमाण्डौ स्थित त्रि.वि. शिक्षण अस्पतालतर्फ पठाइएको छ । 

2081-4-30
APF Activities
सामुहीक जन्मोत्सव तथा Soldier of the month घोषणा कार्यक्रम

        मिति 2081।03।30 गते यस तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्‍ठ उपरीक्षक राजेन्द्र खड्‍काको प्रमुख आतिथ्यतामा शिक्षालयमा कार्यरत तथा  तालिमरत सशस्त्र प्रहरी कर्मचारीहरुको हौसला र सामूहिक भावना अभिवृद्बि गर्ने उद्देश्य अनुरुप आषाढ महिना भरी जन्मोत्सव परेका 18 जना सशस्त्र प्रहरी कर्मचारीहरुको सामूहिक जन्मोत्सव विभिन्‍न मनोरञ्‍जनात्मक साँस्कृतिक कार्यक्रमहरु गरी मनाइएको छ । सो अवसरमा शिक्षालयमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरु मध्येबाट आषाढ महिनामा उत्कृष्‍ट कार्य गरेका आई.डि.नं. 29459 का सशस्त्र प्रहरी परिचर सुरेश बयलकोटीलाई Soldier Of the Month घोषणा गरी प्रशंसा पत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला नुवाकोट ककनी गाउँपालिका ककनी  स्थित स्थानीय विभिन्‍न संघसंस्थाको प्रतिनिधि, भद्रभलादमी, नागरिक समाजका अगुवा तथा व्यवसायीहरु समेतको उपस्थिति रहेको  थियो । र उक्त कार्यक्रम समापन पश्‍चात आमन्त्रित व्यक्तित्वहरुसंग समसामयिक विषयमा यस शिक्षालयका समादेशकले अन्तरक्रिया कार्यक्रम  समेत गर्नुभएको थियो ।

2081-3-31