२३ ‍औँ स्थापना दिवस सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल यू.एन.शान्ति स्थापना तालिम शिक्षालयको २३ औँ  स्थापना दिवस मिति २०८०।०१।०१ गते सशस्त्र प्रहरी बल नेेपाल प्रधान कार्यालय मानवश्रोत विभागका विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमज्यूको प्रमुख आतिथ्यतामा विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

नेपालमा शान्ति र सुव्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्नको लागि  तत्कालिन सरकारको निर्णयसंगै स्थापना भएको सशस्त्र प्रहरी बल, नेपाललाई प्राप्त कार्यादेशहरु कार्यान्वयन गर्न आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुका साथै सशस्त्र प्रहरी कर्मचारीका पेशागत र व्यवसायिक क्षमता अभिवृद्धि गर्नका लागि ककनी गाउँ पालीका -५ नुवाकोटमा रहेको नेपाल प्रहरीको दीपेन्द्र प्रहरी आवासीय विद्यालयको नाममा रहेको जग्गा तत्कालीन मन्त्रिपरिषद्‍को निर्णयले मिति २०५८ वैशाख १ गते सशस्त्र प्रहरी बल तालिम महाविद्यालय स्थापनाको लागि नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बललाई हस्तान्तरण भएको थियो । यसै मितिलाई नै आधार मानी मिति २०८०।०१।०१ गते २३ औँ स्थापना दिवस मनाएको हो ।

मिति २०५८ बैशाख १ गते स्थापना भई  मिति २०८१ साल बैशाख १ गते २३ औं स्थापना दिवस मनाइरहेको सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय, ककनीले आफ्नो स्थापना दिवसको अवसरमा मिति २०८० चैत्र २५ गतेदेखि सप्ताहव्यापी खेलकुद प्रतियोगिता अन्तर्गत भलिवल, व्याडमिण्टन, टेवुल टेनिस, व्यावसायिक प्रतियोगिता अन्तर्गत हाजिरी जवाफ, २ माईल दौड, हतियार ह्याण्डलिङ्ग, बाधापार प्रतियोगिता संचालन गर्नुका साथै मिति २०८०।१२।३० गते यस शिक्षालय आसपासमा रहेका विभिन्न धार्मिक मठ मन्दिरहरुको सर-सफाई तथा वृक्षारोपण कार्यक्रम समेत संचालन गरिएको थियो ।