आगोलागी नियन्त्रणमा परिचालन

मिति २०८१।०१।११ गते जिल्ला नुवाकोट ककनी गाउँपालीका-३ चित्रे स्थित चित्रे सामुदायीक बनमा लागेको आगो नियन्त्रण गर्न यस तालिम शिक्षालयका निमित्त समादेशक सशस्त्र प्रहरी उपरिक्षक बिर सिह साहूको कमाण्डमा १/७४ जनाको टोली आवश्यक सामग्री सहित परिचालन भएको छ ।  नेपाल प्रहरी, बन कार्यालय ककनीका कर्मचारीहरु तथा स्थानिय बासिन्दाहरु समेत आगो नियन्त्रणमा जुटिरहेका छन् । हालसम्म कुनै मानवीय क्षती भएको छैन र आगोलागी नियन्त्रणका लागि हरसम्भव प्रयास भईरहेको छ ।