अन्तिम प्रवचन

आज मिति २०८०।१०।११ गते यस तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण ढकालले शिक्षालयमा संचालित "सि.सं. ३०१ड्रिल तालिम (जु.अ. तथा अन्य दर्जा) र सि.सं. ३९९ बिल्लादार तालिम" को अन्तिम प्रवचन गर्नु भयो । 

उक्त कार्यक्रममा शिक्षालयका समादेशकज्यूले तालिमहरु क्रमश: "ड्रिल तालिम" र "बिल्लादार तालिम"मा सर्बप्रथम हुने स.प्र.ज. दुर्गा बहादुर बि.क. र स.प्र.ज. जनक ग्यावक तथा अन्य प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभएको थियो । उक्त अवरसमा प्रमुख अतिथि शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्‍ठ उपरीक्षक कृष्ण ढकालले आफ्नो निर्देशन सम्बोधनमा प्रशिक्षार्थिहरुलाई तालिममा सिकेका सम्पूर्ण विषयवस्तुहरुलाई कार्यक्षेत्रमा व्यवहारमा प्रयोग गर्न निर्देशन गर्नु भएको थियो ।  

उक्त ड्रिल तालिम र बिल्लादार तालिमबाट क्रमश: ४५ र ५६ जना सशस्त्र प्रहरी कर्मचारीहरुले पेशागत बिभिन्न बिधाहरुमा ज्ञान हासिल गर्नु भएको छ ।