International United Nations Peace Keepers day Program

  मिति 2081।02।16 गते यस तालिम शिक्षालयमा "International Day of United Nations Peacekeepers (May 29)" को अवसरमा शिक्षालय देखि नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं. 5 स्थित ककनी बजार हुदै ककनी अन्तर्राष्‍ट्रिय स्काउट केन्द्रको गेटसम्म सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालयबाट शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्‍ठ उपरीक्षक राजेन्द्र खड्‍काको कमाण्डमा 350 जना सशस्त्र प्रहरी कर्मचारीहरुले प्रभातफेरी कार्यक्रम गरी स्थानीय जनप्रतिनिधि, बजार व्यवस्थापन समितिका प्रतिनिधिहरु, स्थानीय संचारकर्मी, भद्र भलाद्‍मी लगायत अन्य सरोकारवाला निकायहरुको उपस्थितिमा बसन्ति दरबार, स्थानीय ककनी बजार, शिवमन्दिर, गणेश मन्दिर, थाई स्मृति पार्क, स्काउट केन्द्र, स्थानीय गुम्बाको सरसफाई गरेको, शिक्षालयमा कार्यरत कर्मचारीहरुबीच भलिबल प्रतियोगिता, शिक्षालयको परिसरभित्र बृक्षारोपण, शान्ति स्थापनार्थ विभिन्‍न समयमा संयुक्त राष्‍ट्रसंघमा परिचालित हुँदा प्राणोत्सर्ग गर्नु भएका अमर सशस्त्र प्रहरी कर्मचारीहरुको सम्मानमा उहाँहरुको तस्वीरमा पुष्प गुच्छा तथा फूलमाला अर्पण गर्नुको साथै सोही अवसरमा शान्तिको प्रतीक परेवा जोडी उडाइएको र उक्त कार्यक्रममा शान्ति स्थापनार्थ दशौं डफ्फाको रुपमा साउथ सुडानमा कुशलता पूर्वक कार्य सम्पादन गरी स्वदेश फिर्ता हुनुभएका सशस्त्र प्रहरी कर्मचारीहरु मध्येबाट सशस्त्र प्रहरी सहायक निरीक्षक राम कुमार सरदारलाई उत्कृष्‍ट सशस्त्र प्रहरी कर्मचारी छनौट गरी प्रशंसा पत्र प्रदान गर्ने निर्णय गरिएको छ  ।