FPU Refresher तालिमको अन्तिम प्रवचन

मिति २०८१।०२।३२ गते यस तालिम शिक्षालयमा संचालित FPU Refresher तालिमको यस तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र खड्काले समापन गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ अफ्रिकी मुलुक दक्षिण सुडानमा एक बर्षे कार्यकाल सफलतापुर्वक सम्पन्न गरी स्वदेश फर्कनुभएका १७२ जना सशस्त्र प्रहरी कर्मचारीहरु सहभागी उक्त तालिममा प्रशिक्षार्थीहरुले संगठनका नविनतम कार्य तथा बिभिन्न फौजिकला सम्बन्धी बिषयहरुमा ज्ञान हासील गरेका छन् ।