हेली दुर्घटनामा परिचालन
मिति 2081।04।23 गते अ. 14:20 बजेको समयमा नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नं. 7 स्थित सूर्यचौर नजिकैको जंगलमा 1 जना नेपाली चालक र ४ जना चिनियाँ नागरिक सवार AIR DYNASTY को 9N-AJD रजिस्ट्रेसनको हेलीकप्टर त्रिभुवन विमानस्थलबाट स्याफ्रुबेसी, रसुवा उडानको क्रममा दुर्घटना भएको जानकारी प्राप्त भए पश्चात यस तालिम शिक्षालयबाट सशस्त्र प्रहरी निरीक्षक नविन खतिवडाको कमाण्डमा 1/10 जनाको टोलीले प्रहरी चौकी गुर्जे भञ्याङ्ग, नेपाली सेनाको राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्ट गुर्जे भञ्याङ्ग, सशस्त्र प्रहरी बल, नेपाल नं. 19 गण हे.क्वा. (वि.का.) बगलामुखीका गणपति सशस्त्र प्रहरी उपरीक्षक समिक कुमार महर्जन, नं. 19 गुल्म हे.क्वा. नुवाकोटका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक रामचन्द्र खिउजु, औद्योगिक सुरक्षा वेश बालाजुका वेश प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक पदम खड्का, नेपाली सेना शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज लिपिकोट ब्यारेक काठमाण्डौका प्रमुख सेनानी भिष्म के.सी. तथा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र प्रहरी बृत्त बुढानिलकण्ठ, काठमाण्डौका प्रहरी निरीक्षकको कमाण्डमा खटी आएको संयुक्त टोलीले घटनास्थलबाट सम्पूर्ण मृतकहरुको शव संकलन तथा उद्बार गरी पोष्ट मार्टमको लागि काठमाण्डौ स्थित त्रि.वि. शिक्षण अस्पतालतर्फ पठाइएको छ ।