सि.सं. 479 से.मु. हतियार तालिमको प्रथम प्रवचन

मिति २०८१।०२।१३ गते यस तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक राजेन्द्र खड्काले सि.सं. ४७९ से.मु. हतियार तालिमको प्रथम प्रवचन गर्नुभएको छ । ५२ जना प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक हवल्दारहरु सहभागी उक्त तालिम ५ हप्ता अवधिको हुनेछ । यस तालिमबाट प्रशिक्षार्थीहरुले से.मु.हतियार अन्तर्गतका सम्पूर्ण हतियारहरुको बारेमा बिशिष्ट ज्ञान हासिल गर्ने छन् ।