सामुहीक जन्मोत्सव तथा Soldier of the month घोषणा कार्यक्रम

        मिति 2081।03।30 गते यस तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्‍ठ उपरीक्षक राजेन्द्र खड्‍काको प्रमुख आतिथ्यतामा शिक्षालयमा कार्यरत तथा  तालिमरत सशस्त्र प्रहरी कर्मचारीहरुको हौसला र सामूहिक भावना अभिवृद्बि गर्ने उद्देश्य अनुरुप आषाढ महिना भरी जन्मोत्सव परेका 18 जना सशस्त्र प्रहरी कर्मचारीहरुको सामूहिक जन्मोत्सव विभिन्‍न मनोरञ्‍जनात्मक साँस्कृतिक कार्यक्रमहरु गरी मनाइएको छ । सो अवसरमा शिक्षालयमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरु मध्येबाट आषाढ महिनामा उत्कृष्‍ट कार्य गरेका आई.डि.नं. 29459 का सशस्त्र प्रहरी परिचर सुरेश बयलकोटीलाई Soldier Of the Month घोषणा गरी प्रशंसा पत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला नुवाकोट ककनी गाउँपालिका ककनी  स्थित स्थानीय विभिन्‍न संघसंस्थाको प्रतिनिधि, भद्रभलादमी, नागरिक समाजका अगुवा तथा व्यवसायीहरु समेतको उपस्थिति रहेको  थियो । र उक्त कार्यक्रम समापन पश्‍चात आमन्त्रित व्यक्तित्वहरुसंग समसामयिक विषयमा यस शिक्षालयका समादेशकले अन्तरक्रिया कार्यक्रम  समेत गर्नुभएको थियो ।