रक्तदान कार्यक्रम

मिति २०८१।०२।३१ गते मजकुर नेपाल ए.पि.एफ. अस्पताल बलम्बुको प्राबिधिक सहयोगमा यस तालिम शिक्षालयमा कार्यरत तथा तालिमरत ३५ जना सशस्त्र प्रहरी कर्मचारीहरुले रक्तदान गर्नुभएको छ । उक्त अवसरमा यस तालिम शिक्षालयमा संचालित सि.सं. २३७ (घ) सशस्त्र प्रहरी जवान आधारभूत तालिम र सि.सं. ३ सशस्त्र प्रहरी परिचर आधारभूत तालिमका क्रमश:११० र ५३ जना सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो रक्त समुह समेत परीक्षण गर्नुभएको थियो ।